काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि २०० रुपैयाँले ओरालो लागेको छ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँ रहेको चाँदी आइतबार २०० रुपैयाँले घटेर ३ हजार ६२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
एकैदिन सुन र चाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा कारोबार हुने बहुमूल्य धातुको भाउमा गिरावट देखिएको छ।






























