काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार फेरि बढेको छ। छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार भने उक्त मूल्यमा ३ हजार ४ सय रुपैयाँ वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १०५ रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यससँगै बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।































