काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि शुक्रबार घटेको छ ।
बिहीबार प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





























