काठमाडौं । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ४ सय रुपैयाँले बढी हो।
यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २ लाख ४६ हजार १४० रुपैयाँ रहेको थियो।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ४ हजार ४१० रुपैयाँबाट ३५ रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, अमेरिकी डलरको दरमा परिवर्तन तथा माग–आपूर्तिको अवस्थाले नेपाली बजारमा सुनचाँदीको मूल्यमा प्रभाव पारेको बताइएको छ।






























