काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २ गते छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँ घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको हो।































