काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा शुक्रबार सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ। बिहीबार भने यसको मूल्य २ लाख ९६ हजार रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ।
बिहीबार प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी शुक्रबार १० रुपैयाँले वृद्धि भई ४ हजार ५८० रुपैयाँ पुगेको छ।





























