काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन लाख रुपैयाँ नाघ्दै नयाँ उचाइमा पुगेको छ।
आइतबारको कारोबारमा सुनको भाउ प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य गत शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो, जहाँ सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि भई ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ।































