काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि बढेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भई ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार पनि सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा पनि आज वृद्धि भएको छ। चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ।






























