काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज सुनको मूल्य ३ हजार १०० रुपैयाँले घटेको हो।
त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६० हजार ८९० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतिदश ग्राम सुन २ लाख ६३ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ थियो।
यसअनुसार चाँदीको मूल्य आज प्रतितोला ४० रुपैयाँले घटेको छ।





























