काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य दबाबको प्रभावले नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ५ हजार ८०० रुपैयाँले कम हो। बिहीबार सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ७७० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि ओरालो लागेको छ।
आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको ४ हजार ५०५ रुपैयाँको तुलनामा १५५ रुपैयाँले कम हो।





























