काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको थियो । आइतबार सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ थियो ।





























