काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने सामान्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको छ।
यता, चाँदीको मूल्य भने उकालो लागेको छ। मंगलबार प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदी आज १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।






























