काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन ५ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला ४ हजार ४८५ रुपैयाँ रहेको चाँदी आज २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँमा झरेको छ।































