National life

सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

बजारमा सुन–चाँदी दुबैको मूल्य बढ्यो, लगानीकर्ता आकर्षित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०६ साउन २०८३, बुधबार
4.2kShares
सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?
ncell

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन ५ हजार ४ सय रुपैयाँले बढेको हो।

मंगलबार प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा समेत सुनको भाउ उकालो लागेको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। मंगलबार प्रतितोला ४ हजार ३७० रुपैयाँ कायम भएको चाँदी आज ११० रुपैयाँले बढेर ४ हजार ४८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यसमेत बढेसँगै बजारमा बहुमूल्य धातुप्रति चासो पुनः बढ्न थालेको छ।

यो समाचार शेयर गर्नुहोस्
4.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?