काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले सस्तो भएको हो।
सोमबार प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८७ हजार १ सय रुपैयाँमा झरेको छ, नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला ४ हजार ७३० रुपैयाँ रहेको चाँदी आज १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँ कायम भएको छ।































