National life

सुन–चाँदी दुबैमा गिरावट, तर मूल्य अझै उच्च स्तरमै, यस्तो छ आजको बजार मूल्य ?

सुनको मूल्य अझै उच्च स्तरमै रहेकाले आगामी दिनमा यसको दिशा अन्तर्राष्ट्रिय आर्थिक अवस्था

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०३ असार २०८३, बुधबार
1.9kShares
सुन–चाँदी दुबैमा गिरावट, तर मूल्य अझै उच्च स्तरमै, यस्तो छ आजको बजार मूल्य ?
ncell

काठमाडौँ । सुनको मूल्यमा बुधबार सामान्य गिरावट देखिएको छ। घरेलु बजारमा सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेसँगै उपभोक्ता र लगानीकर्ताले केही राहत पाएका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुन २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको हल्का कमीको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ। पछिल्ला दिनमा वैश्विक तनाव र सुरक्षित लगानीको मागका कारण सुनको मूल्य उच्च तहसम्म पुगेको थियो।

यसैगरी चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९८० रुपैयाँमा पुगेको छ।

यद्यपि सुनको मूल्य अझै उच्च स्तरमै रहेकाले आगामी दिनमा यसको दिशा अन्तर्राष्ट्रिय आर्थिक अवस्था, अमेरिकी डलरको उतारचढाव तथा विश्व राजनीतिक घटनाक्रमले निर्धारण गर्ने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?