काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो कारोबारको तुलनामा सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ८० रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै १० ग्राम सुनको मूल्य करिब २ लाख ४४ हजार रुपैयाँ पुगेको छ।
यसअघि सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको थियो।
यता चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ४ हजार २४० रुपैयाँमा सीमित थियो।






























