काठमाडौं । रास्वपाका एक दर्जन बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटारमा सुरु गरेको प्रदर्शनका क्रममा ती नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने काम भएको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा इ. वीरेन्द्र श्रेष्ठ - ताप्लेजुङ्, मा. अशोक चौधरी, प्रदिप बिष्ट - काठमाडौं, सुरेश पोख्रेल - झापा, ध्रुब ढकाल - सिन्धुपाल्चोक, नवराज भण्डारी - काठमाडौं ७, प्रकाश लामिछाने - गोर्खा, रक्षा रायमाझी - काठमाडौं, साहिल प|यास - नुवाकोट, सबि खड्का - ललितपुर, बुद्धरत्न महर्जन - ललितपुर, दयाराम नेपाल- सिन्धुपाल्चोक, सुरेन्द्रराज अवाले - ललितपुर, सैलेन्द्र खत्री - भक्तपुर, उमेश लामा - सिन्धुपाल्चोक, खुसिराम कैनी - तनहु, नवराज मुड्वरि - गोर्खा पक्राउ परेका हुन ।
कुल गिरफ्तार भएको सङ्ख्या पुगेको जानकारी छ। शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको भन्दै उनले विरोध गरे ।
सभापति लामिछानेलाई राजनीतिक प्रतिशोघ साधेँर गिरफ्तारी गरिएकाले त्यसको विरोधमा सडकमा आएको रास्वपाको भनाइ छ।



































