National life

सोनापुर सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
605Shares
सोनापुर सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
ncell

काठमाडाैं । सोनापुर सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।

आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://www.nimbacecapital.com/ सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

याे पनि :

https://aarthikvoice.com/archives/14423

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?