National life

प्रिमियममा आईपीओ निष्कासन गर्न सोनापुर मिनरल्सले पायाे बोर्डबाट अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
563Shares
प्रिमियममा आईपीओ निष्कासन गर्न सोनापुर मिनरल्सले पायाे बोर्डबाट अनुमति
ncell

काठमाडौं । सोनापुर मिनरल्सलाई प्रिमियममा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएकाे छ । बोर्डले कम्पनीलाई ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल १ करोड २३ लाख २०० कित्ता आईपीओ बिक्री खुला गर्नेछ । जसमा कम्पनीले स्थानीय र कर्मचारीलाई प्रतिकित्ता २२५ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप) आईपीओ निष्काशन गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेकालाई समेत) प्रतिकित्ता २३७.५८ रुपैयाँ (अंकित मूल्य १०० रुपैयाँ १३७.५८ रुपैयाँ प्रिमियम थप) आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी क्यापिटल रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?