काठमाडौं । सेयर बजारमा लगातार ओरालो लाग्ने प्रवृत्ति कायम रहँदा बिहीबार पनि नेप्से परिसूचक घटेको छ। यस दिन नेप्से ८.५० अंकले कमी हुँदै २६५१.५२ विन्दुमा झरेको हो।
कारोबारतर्फ हेर्दा, कुल ६४ लाख ८० हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारको अवस्थालाई हेर्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिन्छ। आज ८३ कम्पनीको मूल्य बढ्दा १७२ कम्पनीको घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ।
केही कम्पनीले भने उल्लेखनीय वृद्धि गरेका छन्। टक्सार पिखुवा खोला हाइड्रोपावर र यामबलिङ हाइड्रोपावरको मूल्य करिब १५ प्रतिशतले बढेको छ। साथै, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक र रिलायन्स स्पिनिङ मिल्सले पनि सकारात्मक प्रदर्शन गरेका छन्।

































