National life

उच्च कारोबारमा देखिए यी कम्पनी, बजारमा लगानीकर्ताको चासो बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६३ अंकले बढ्दै २७०२.११ बिन्दुमा पुगेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०५ असार २०८३, शुक्रबार
3.4kShares
उच्च कारोबारमा देखिए यी कम्पनी, बजारमा लगानीकर्ताको चासो बढ्यो
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६३ अंकले बढ्दै २७०२.११ बिन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड ९ लाख २२ हजार कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको र १६ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।

आजको कारोबारमा एपोलो हाइड्रोपावर १४.९९ प्रतिशत, सोपान फर्मास्युटिकल्स १४.०२ प्रतिशत, सपोर्ट माइक्रो फाइनान्स ९.०८ प्रतिशत, रिलायन्स फाइनान्स ६.७२ प्रतिशत र गुराँस लघुवित्त ४.५५ प्रतिशतले मूल्य वृद्धि भएका प्रमुख कम्पनी रहेका छन्।

त्यसैगरि, ग्लोबल आईएमई बैंक डिबेन्चरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

ग्लोबल आईएमई बैंक डिबेन्चर ८४/८५को ३२ करोड ७६ लाख, सोपान फर्मास्युटिकल्सको २० करोड १३ लाख, आँखुखोला जलविद्युतको १९ करोड ५२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
3.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?