काठमाडौं । सेयर बजारमा गिरावटको क्रम सोमबार पनि जारी रह्यो। यस दिन नेप्से परिसूचक १६.५४ अंकले ओरालो लाग्दै २६३२.९६ विन्दुमा झरेको छ।
कारोबारका आधारमा हेर्दा दिनभरमा ७७ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ पुगेको छ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। कुल २९ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यद्यपि केही कम्पनीमा भने उल्लेखनीय वृद्धि देखिएको छ। स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र यामबलिङ हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको १४.९८ प्रतिशत र नेपाल एसबीआई ऋणपत्रको मूल्य ७.७६ प्रतिशतले उकालो लागेको छ।
त्यसैगरि, ग्लोबल आईएमई बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८८ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सोपान फर्मास्युटिकल्सको ८८ करोड ३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ८७ करोड २ लाख, रिलायन्स स्पिनिङ मिल्स्को ८१ करोड ३६ लाख, आँखुखोला जलविद्युतको ७९ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

































