National life

नेप्से उकालो लाग्दा यी कम्पनीमा बढ्यो लगानीकर्ताको आकर्षण

सामान्य अंकले बढेको बजारमा यी कम्पनी बने लगानीकर्ताको रोजाइ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१६ दिन अगाडि|१८ भदौ २०८३, बिहिबार
3.8kShares
नेप्से उकालो लाग्दा यी कम्पनीमा बढ्यो लगानीकर्ताको आकर्षण
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.६६ अंकले वृद्धि भएर २५४२.७७ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा १ करोड २१ लाख ६३ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ। उक्त सेयरको कुल कारोबार रकम ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १२३ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ। त्यस्तै, चिरखुवा हाइड्रोपावरको ८.५६ प्रतिशत, आशा लघुवित्तको ८.२९ प्रतिशत, माया खोला हाइड्रोपावरको ७.८४ प्रतिशत र माउन्ट एभरेस्ट पावरको सेयर मूल्य ६.४५ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरि, रिलायन्स स्पिनिङ मिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४० करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सानिमा मिडल तमोरको १३ करोड ३२ लाख, सोलु हाइड्रोपावरको १२ करोड ८६ लाख, शिवम् सिमेन्टको ११ करोड ५० लाख, माउन्टेन इनर्जीको ९ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
3.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?