काठमाडौं । सेयर बजारमा पछिल्लो समय देखिएको गिरावट बिहीबार पनि रोकिएन। नेप्से परिसूचक दोहोरो अंकले घट्दै २५३१ विन्दुमा झरेको छ।
बिहीबार नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा पुगेको हो।
आज कुल १ करोड ५ लाख ८३ हजार कित्ता सेयर किनबेच भएका छन्। उक्त कारोबारबाट ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये ६९ वटाको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ। यस्तै ८ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।
बिहीबारको बजारमा लिबर्टी इनर्जीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। दोल्ती पावरको ८.२२ प्रतिशत, अप्पर लोहोरे खोला हाइड्रोपावरको ७.०२ प्रतिशत, इमर्जिङ नेपालको ५.४६ प्रतिशत र शिव श्री हाइड्रोपावरको सेयर मूल्य ४.९२ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरि, लिबर्टी इनर्जीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४५ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्स्को २१ करोड १२ लाख, एनआरएनको १९ करोड ११ लाख, नेपाल एसबीआई बैंकको १६ करोड ७९ लाख, रिडी पावरको ११ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
समग्रमा अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा नेप्से परिसूचक दबाबमा परेको हो। पछिल्ला कारोबार दिनमा बजारमा देखिएको उतारचढावबीच लगानीकर्ताको सक्रियता भने कायम रहेको बिहीबारको कारोबारले देखाएको छ।






























