National life

कारोबार रकम साढे ४ अर्ब नजिक, यी कम्पनीको सेयरमा भयो सर्वाधिक किनबेच

बजारमा बढ्यो खरिदबिक्रीको चाप, यी कम्पनीका सेयरमा सर्वाधिक कारोबार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२६ भदौ २०८३, शुक्रबार
1.8kShares
कारोबार रकम साढे ४ अर्ब नजिक, यी कम्पनीको सेयरमा भयो सर्वाधिक किनबेच
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ। शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दै २५५९.४९ अंकको विन्दुमा पुगेको छ।

आज नेप्से परिसूचक २७.९४ अंकले उकालो लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारमा खरिद चाप बढेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ।

शुक्रबार १ करोड २० लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये २३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ। त्यस्तै, अभियान लघुवित्तको १०.०९ प्रतिशत, सिन्धु विकास बैंकको ९.५४ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ८.०४ प्रतिशत र एनसीसी डिबेन्चरको ७.४५ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ।

त्यसैगरि, लिबर्टी इनर्जीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ६६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

एनआरएनको १८ करोड ५१ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १४ करोड ७९ लाख, सोलु हाइड्रोपावरको १२ करोड ४४ लाख, शिव श्री हाइड्रोपावरको १२ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेसँगै नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?