National life

सेयर बजारमा यी कम्पनीमा झुम्मिए लगानीकर्ता, भयो सर्वाधिक कारोबार

कारोबार भएका कम्पनीमध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१२ दिन अगाडि|२२ भदौ २०८३, सोमबार
2.8kShares
सेयर बजारमा यी कम्पनीमा झुम्मिए लगानीकर्ता, भयो सर्वाधिक कारोबार
ncell

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १८.०७ अंकले बढेर २ हजार ५६०.८४ विन्दुमा पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा आज ९२ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८२ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

कारोबार भएका कम्पनीमध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८१ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा पियोर इनर्जीको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । त्यस्तै, गणपति लघुवित्तको ७.३५ प्रतिशत, श्रीनगर एग्रीटेकको ६.२६ प्रतिशत, कालिका लघुवित्तको ६.२२ प्रतिशत र सागर डिस्टिलरीको सेयर मूल्य ६.२० प्रतिशतले बढेको छ ।

त्यसैगरि, रिलायन्स स्पिनिङ मिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

गरिमा विकास बैंकको १७ करोड ८८ लाख, सोलु हाइड्रोपावरको १६ करोड २७ लाख, एसवाई प्यानलको १३ करोड ४४ लाख, सुपर मदी हाइड्रोपावरको १० करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्रमा अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएपछि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?