National life

नेप्सेमा ४ अर्बमाथिको कारोबार, यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको सेयर मूल्य बढेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|२४ भदौ २०८३, बुधबार
2.5kShares
नेप्सेमा ४ अर्बमाथिको कारोबार, यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता
ncell

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १५.४३ अंकले घटेर २ हजार ५४५.४० विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा १ करोड ९ लाख ६५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब १९ करोड ८९ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ वटा कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

बुधबार अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशत, शुभम पावरको ६.४० प्रतिशत, सिभिल बैंक डिबेन्चरको ५.९४ प्रतिशत, वाराही हाइड्रोपावरको ५.७९ प्रतिशत र इग्वा हाइड्रोपावरको ३.६६ प्रतिशतले बढेको छ।

त्यसैगरि, रिलायन्स स्पिनिङ मिल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४२ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख, एनआरएनको १६ करोड ६७ लाख, सोलु हाइड्रोपावरको १४ करोड ५७ लाख, शिवम् सिमेन्टको १३ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

समग्र बजारमा भने बिक्री चाप बढ्दा नेप्से परिसूचक दोहोरो अंकले घटेको हो।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?