काठमाडौं । साताको कारोबारको मध्यदिन सेयर बजारमा उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दै २ हजार ५३८.११ विन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक १५.४४ अंकले बढेको हो ।
कारोबार भएका कम्पनीमध्ये १८७ वटाको सेयर मूल्य बढेको छ भने ८१ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य सर्वाधिक १०.२३ प्रतिशतले बढेको छ । उपकार लघुवित्तको ८.८६ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ५.९९ प्रतिशत, माया खोला हाइड्रोपावरको ५.९३ प्रतिशत तथा एनआईबीएल ग्रोथ फण्डको ४.२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यसैगरि, सानिमा मिडल तमोरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ६१ लाख, सोलु हाइड्रोपावरको १२ करोड १२ लाख, शिवम् सिमेन्टको १० करोड ८९ लाख, साहश उर्जाको ९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
समग्र बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेसँगै नेप्से परिसूचकमा समेत उल्लेख्य सुधार देखिएको हो ।






























