काठमाडौँ । ड्रिम इन्टरनेशनल होटलले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रूपान्तरण गरी आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा होटलले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।
आज आयोजित एक कार्यक्रममा ड्रिम इन्टरनेशनल होटेलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्काशन प्रक्रिया अगाडी बढाइएको होटलका अध्यक्ष गोपाल रानाको भनाई छ ।
पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सह लगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरूमा होटल स्थापना गर्ने योजना बनाएको छ र छिटै नै आईपीओ जारी गरी उक्त योजनाअनुसार कामहरू सम्पन्न गर्ने अध्यक्ष रानाको भनाई थियो ।


































