National life

कजारियाको नयाँ सोरुम कलंकीको बाफलमा उद्घाटन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
403Shares
कजारियाको नयाँ सोरुम कलंकीको बाफलमा उद्घाटन
ncell

काठमाडौं । भारतको नम्बर १ टायल ब्रान्ड कजारियाले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै काठमाडौंको बाफल, कलंकीमा अत्याधुनिक सोरुमको उद्घाटन गरेको छ । राम इम्पोर्ट हाउस द्वारा सञ्चालित यस सोरुममार्फत नेपाली उपभोक्तालाई प्रिमियम टायलहरूको उत्कृष्ट संग्रह सुलभ बनाउन सकिने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौँका पूर्व अध्यक्ष कुश कुमार जोशीको उपस्थिति रहेको थियो । सो अवसरमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले रिबन काट्दै सोरुमको औपचारिक उद्घाटन गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्देशक अग्रवालले सोरुमको शुभारम्भप्रति उत्साह व्यक्त गर्दै भने, “हामी निर्माण क्षेत्रका सबै सरोकारवालालाई टिकाउ, सौन्दर्ययुक्त र विश्वसनीय टायलहरू प्रदान गर्न प्रतिबद्ध छौं ।”

कलंकीस्थित यो सोरुमले आर्किटेक्ट, निर्माण व्यवसायी र अन्तिम उपभोक्ताका लागि डिजाइन र गुणस्तरको संयोजन प्रस्तुत गर्नेछ । टायलमा नविनतम प्रविधि र ट्रेन्ड समावेश गर्दै कजारियाले नेपालमा निर्माण सामग्रीको क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?