National life

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा, दूषित धुँवा एवं तुवाँलो हट्ने अनुमान

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
410Shares
काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा, दूषित धुँवा एवं तुवाँलो हट्ने अनुमान
ncell

काठमाडौं : काठमाडौँ उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ । काठमाडौँसहित देशका केही भू–भागमा आज बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँमा वर्षा हुन थालेपछि वातवरणमा देखिएको दूषित धुँवा एवं तुवाँलो हट्ने अनुमान गरिएको छ । दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?