काठमाडौँ । अन्तरजातीय वैवाहिक जोडी सत्येन्द्र राम (चमार) र नेहा रौनियारमाथिको अत्याचारका विरुद्ध जात व्यवस्था उन्मुलन मोर्चा, नेपालले विरोध माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
अन्तरजातीय विवाह गरेकै कारण सत्येन्द्रकुमार राम र नेहा रौनियार प्रहरी प्रशासनबाटै असुरक्षित रहेको र राज्यसत्ता नै उनीहरूलाई छुटाउने अभ्यासमा लागेको भन्दै मोर्चाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
अन्तरजातीय प्रेम र विवाहलाई राज्यले प्रोत्साहन गर्नुको साटो गृहमन्त्रीकै पहुँच पावरमा छुटाउने खेल चलिरहेको भन्दै मोर्चाले माइतीघरमा ब्यानरसहित गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
मोर्चाले उनीहरूले जात विरोधी नारा लगाउँदै दोषीलाई कारबाही गर्न माग गरेका थिए। अन्तरजातीय विवाह गरेकै कारण प्रहरीबाटै सत्येन्द्र र नेहाले अत्याचार खेपेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै मोर्चाले नाराबाजी गरेको हो ।




































