National life

डी.ए.भी. (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता आयोजना गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
633Shares
डी.ए.भी. (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता आयोजना गर्ने
ncell

काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन मित्रता तथा सहअस्तित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरको जावलाखेलमा अवस्थित डी.ए.भी. कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता यही मिति २०८१-१०-१६ गते तदअनुसार सन् २०२५-१-२९ बाट आयोजना गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई रु ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमलाई रु २ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजार प्रदान गरिने भएको छ ।

ऐतिहासिक रूपमा सञ्चालन गरिने उक्त प्रतियोगितामा सुरुमा दर्ता हुने उपत्यकाका ४० वटा टिमलाई मात्र सहभागी गराइने बताइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?