National life

फुडमाण्डुको “नयाँ वर्ष फिस्ट” क्याम्पेन सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
430Shares
फुडमाण्डुको “नयाँ वर्ष फिस्ट” क्याम्पेन सार्वजनिक
ncell

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुले रोमाञ्चक अफरका साथ नयाँ वर्ष २०८२ को सुरुवात गर्न पाउने भएका छन् । ग्राहकहरुले चैत्र २५ देखि बैशाख ७ सम्म फुडमाण्डुको एप मार्फत यस क्याम्पेनको विशेष अफरहरुको फाइदा उठाउन सक्नेछन्।

‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन मार्फत ग्राहकहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै फ्ल्यास सेल अन्तर्गत जम्मा रु ८२ मा निश्चित खाने कुराहरु उपलब्ध हुनेछन्भने लोकप्रिय खानाहरूमा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिल कम्बो, पार्टी प्याक र ʻडबल द जोय’ अफरहरूमा ʻबाई–वन–गेट–वन’ अफर समावेश गरिएको छ । यी अफरहरूले ग्राहकहरूलाई नयाँ वर्षभर उत्सव मनाउन थप विकल्पहरु प्रदान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘फुडमाण्डुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनका साथ शुरु भएको यो क्याम्पेनको उद्देश्य नेपाली नयाँ वर्ष २०८२ लाई अझ भव्य र रमाइलो बनाउने रहेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले आफ्नो लागि, परिवारको लागि अथवा साथीभाईको लागि विशेष छुटमा स्वादिष्ट परिकारहरु मगाएर अझ रमाइलो समय बिताउन सक्नेछन्।

क्याम्पेनका बारेमा बोल्दै फूडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भन्नुभयो, “नयाँ वर्ष भनेको रमाइलो गर्ने समय हो र हरेक रमाइलो पलहरुमा खानाको विशेष भूमिका रहन्छ । यस नयाँ वर्ष क्याम्पेन मार्फत हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट खानाको साथै विशेष अफर प्रदान गरेर उहाँहरुको नयाँ वर्षलाई अझै रमाइलो र स्मरणीय बनाउने लक्ष्य लिएका छौ ।”

फूडमाण्डुले गुणस्तरीय र भरपर्दो डेलिभरी मार्फत ग्राहकहरूलाई उनीहरुको मनपर्ने रेस्टुरेन्टसँग जोड्दै मुख्य शहरहरूमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ । १,००० भन्दा बढी रेस्टुरेन्टहरूको बढ्दो नेटवर्क र उत्कृष्ट ग्राहक सेवा सहित फुडमाण्डुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवल वरिपरिका आफ्ना ग्राहकहरूका लागि यो नयाँ वर्षलाई स्वादिष्ट र यादगार बनाउन प्रतिबद्ध रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?