काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ।
एक कार्यक्रमका लागि पाँच दिनअघि विराटनगर गएर काठमाडौं फर्किएका उनलाई डेंगु सक्रमण देखिएको हो ।
संक्रमण भएपछि अहिले उनी आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै आराम गरिरहेका उनको सचिवालयले जनाएको छ ।



































