काठमाडौं । बजारमा अधिक तरलता भएसँगै विकास बैंकहरुले पनि माघ महिनाको लागि ब्याजदर घटाएका छन् । भोली अर्थात माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले आज आफ्नो कायम ब्याजदर घटाएका हुन् ।
विकास बैंकहरुले माघ महिनाका लागी राष्ट्रियस्तरका विकास बैंकहरुले औसत ब्याजदर ८.९१ प्रतिशत कायम गरेका छन् ।पुस महिनामा यिनीहरुको औसत ब्याजदर ९.२५ प्रतिशत थियो ।
https://aarthikvoice.com/archives/23524
बैंकहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर औसत ०.३४ प्रतिशत बिन्दुले घटेको छ । माघमा गरिमा, सांग्रिला, शाइन रेसुंगा र कामना सेवाले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज दिने भएका छन् ।
त्यस्तै ज्योति, लुम्बिनी र महालक्ष्मी विकास बैंकले भने अधिकतमा ८.८० प्रतिशत ब्याजदर तोकेका छन् । मुक्तिनाथले भने माघ महिनाको लागि ब्याजदर सार्वजनिक गर्न बाँकी छ । यता, वाणिज्य बैंकहरुले पनि माघ महिनाको ब्याजदर घटाएका छन् ।
विस्तृतमा हेर्नुहोस्



































