National life

वीरगञ्जमा दुई समुदायबीच भएको विवाद बढ्दै गए पछि झडप ,कर्फ्यू आदेश जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० चैत २०८१, शनिबार
450Shares
वीरगञ्जमा दुई समुदायबीच भएको विवाद बढ्दै गए पछि झडप ,कर्फ्यू आदेश जारी
ncell

वीरगञ्ज । पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यू लगाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः३० बजेदेखि भोलि बिहान १२ बजेसम्मलाई कर्फ्यू आदेश भएको हो। झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ ।

वीरगञ्जमा चार किल्ला तोकि कर्फ्यू आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जस अनुसार पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकसम्म कर्फ्यू लाग्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर्फ्यू आदेश भएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ।

दुई धार्मिक समूहबीच भएको झडपमा परेर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् ।

उक्त झडपमा परेर १७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । त्यस्तै, सशस्त्र प्रहरीका ८ र प्रदर्शनकारी १२ जना घाइते भएका छन् । नेपाल प्रहरीले ७० र सशस्त्र प्रहरीले ७५ राउन्ड अश्रुग्यास प्रहार भएको छ ।

अपराह्न करिब ४ः५० बजे वीरगञ्ज महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडपको अवस्था सिर्जना भएको थियो ।

प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप भएको बताइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?