National life
cg eloctronics

सीजी मोटर्स र टी.टी.ईभी रिभोलुशनद्वारा प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ असार २०८२, बुधबार
454Shares
सीजी मोटर्स र टी.टी.ईभी रिभोलुशनद्वारा प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न 
ncell
काठमाडौं । विद्युतीय सवारी चालकहरूका लागि सीजी मोटर्स र टी.टी.ईभी रिभोलुशन द्वारा प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
सीजी मोटर्स र टी.टी.ईभी रिभोलुशनद्वारा आयोजित विद्युतीय सवारी चालकहरूका लागि प्राविधिक प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम पोखराको सिटी स्क्वायर बैंक्वेट, न्युरोडमा शनिवार, २०७८ असार २१ गते भव्यताका साथ सम्पन्न भएको हो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी’ भन्ने मूल नारासहित कार्यक्रमले चालकहरूलाई प्रविधिमैत्री प्रशिक्षण, ट्राफिक नियम, र सुरक्षाबारे सचेत गराउनुका साथै स्वच्छ र सुरक्षित भविष्य निर्माणतर्फ सकारात्मक सन्देश दिएको छ। साथै, इभीको रेंज, ब्याट्री लाइफ र मर्मत सम्भारसम्बन्धी सुझावहरू पनि दिइएको थियो।
कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की को सहकार्य तथा समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की पोखराका प्रमुख इन्स्पेक्टर शोभा पान्डेको प्रमुख आतिथ्यता रहेको थियो।
त्यसैगरी, सीजी मोटर्सका अफ्टर(सेल्स डिपार्टमेन्टका डेपुटी म्यानेजर अशोक पंगेनी, टीटी ईभी रिभोलुशनका म्यानेजर श्रीधर पराजुली तथा गण्डकी प्रदेशका १८ यातायात व्यवसायी समितिका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो। कार्यक्रममा २०० भन्दा बढी व्यावसायिक चालकहरूको सक्रिय सहभागिता रहेको थियो,
जसले यो कार्यक्रमलाई सडक सुरक्षामा योगदान पुर्‍याउने, बिक्रीपछिको सेवा अभिवृद्धि गर्ने र जिम्मेवार चालक व्यवहारलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसरको रूपमा स्थापित गरायो। सीजी मोटर्स र टी.टी. ईभी रिभोलुशन सम्पूर्ण सहभागी, प्रशिक्षक तथा साझेदारहरूलाई कार्यक्रमलाई सफल बनाउन दिएको अमूल्य योगदानप्रति हार्दिक आभार प्रकट गर्दछ।
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?