National life

सूचना प्रविधि क्षेत्रमा तिन दशक देखी सक्रिय सागर ग्रुपले आईटी एक्स्पो गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
562Shares
सूचना प्रविधि क्षेत्रमा तिन दशक देखी सक्रिय सागर ग्रुपले आईटी एक्स्पो गर्ने
ncell

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा लगातार तिन दशक देखी सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गते देखी माघ २९ गते सम्म आफ्नो कर्पोरेट हाउस कलंकीमा एक विशेष प्रविधि मेला आयोजना गर्ने भएको छ ।

बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायल नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधि मेलाको तेश्रो संस्करण हो। सागर ग्रुपले आफ्ना ग्राहक, विक्रेता, पत्रकार, शुभेच्छुक को उपस्थिति बनाउँदै सूचना प्रविधिका विभिन्न प्रगतिहरू,नयाँ उत्पादन र बजारका बारेमा वान टु वान छलफल गर्ने गरी यस्तो मेला प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ।

यस मेलाले ब्राण्ड र ग्राहक बिचको सामिप्यता अझ गहिरो बनाउने सागर ग्रुपका भाईस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरको बुझाई रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

देशभर बाट क्यान इन्फोटेक भ्रमण अवलोकन गर्न आउने आगन्तुकलाई समेत लक्षित गर्दै वहाँहरूको सहजताको लागि क्यान इन्फोटेककै समयमा सञ्चालन गरिने यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । यस मेलामा विभिन्न ब्राण्डका प्रतिनिधि, सेल्स रिप्रिजेन्टेटीभ र टेक्निसियनहरु समेत मेला स्थलमा उपलब्ध भई उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी उपलब्ध गराउने छन् ।

सागर ग्रुपको यो प्रविधि मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माईक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्रान्डहरू रहनेछन् । सम्बन्धित ब्राण्डका उच्च प्रतिनिधीहरुले हरेक अवलोकनकर्ता तथा जिज्ञासुलाई आवश्यक जानकारी तथा सेवा प्रदान गरी सञ्चालन गरिने मेलाले जनचेतना अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरूले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरी ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनहरू समेत लन्च गर्दै छन् । यस कार्यक्रममा सहभागीलाई विभिन्न किसिमका टे«निङ्हरु समेत प्रदान गरिने छ ।

प्रत्येक दिन बिहान १० बजे देखी साँझ ५ बजे सम्म ७ दिन सम्म सञ्चालन हुने यो एक्स्पोमा भ्रमण अवलोकन गर्ने आगन्तुकहरूलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने उपस्थित मध्येबाट एक जनालाई लक्कि ड्र को माध्यमबाट एक्स ल्याब ल्यापटप उपहार प्रदान गरिनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?