National life

चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि हेरौँ कस्तो छ समग्र वित्तिय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
496Shares
चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि हेरौँ कस्तो छ समग्र वित्तिय अवस्था
ncell

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज मंगलबार (असोज २३ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारिमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात, ८० हजार कित्ता, कर्मचारीहरुलाई २ प्रतिशत अर्थात, १६ हजार कित्ता तथा सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात, ४० हजार कित्ता बाँडफाँट गरिसकेको छ ।

कम्पनीको जारी पूँजी ४० करोडको ३० प्रतिशत अर्थात १२ लाख कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात, ४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएकोमा कुल २ लाख ४ हजार ७०० कित्ता शेयरका लागि मात्र आवेदन प्राप्त भएका थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त शेयरहरु माग गरे बमोजिम बाँडफाँट गरे पश्चात् बाँकी रहेका १ लाख ९५ हजार ३०० कित्ता शेयरहरु सर्वसाधारणमा निष्काशन गरिने ६ लाख ६४ हाजर कित्ता शेयरमा थप गरी प्रति शेयर अंकित मूल्य १०० का दरमा कुल ८ लाख ५९ हजार ३०० कित्ता शेयर आईपीओ निष्काशन गर्न लागेको हो ।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कार्तिक ३ गतेसम्म लम्बिनेछ । यस आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सीडीएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरवीवी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्रा एनपी आईआर बीबी माइनस’ प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ । सो रेटिङ्गको अवधि २०८० फागुन १ गतेसम्म बहाल रहनेछ ।

कस्तो कम्पनी हो ?

चिरख्वा हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित भएको हो । यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २९, घट्टेकुलोमा रहेको छ । आयोजना स्थल (जलविद्युत केन्द्र) भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं. १, २ र ३ मा अवस्थित रहेको छ ।

चिरख्वा हाइड्रोपावर प्राइभेट लिमिटेड मिति २०६५ पुस २७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७६ असार २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो । हाल चिरख्वा हाइड्रोपावर लिमिटेडको रुपमा दर्ता अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीमा हाल १२० जना संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको प्रबन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ७० प्रतिशत संस्थापक शेयर, १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दा र २० प्रतिशत सर्वसाधारण शयेरधनीहरुका लागि छुट्याई बाँडफाँड गर्ने व्यवस्था रहेको छ ।

सो आयोजना निर्माण सम्पन्न हुँदा लाग्ने वास्तविक लागत ९९ करोड ८० लाख रुपैयाँ हुने अनुमान छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार हुनेछ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पूँजी ४० करोडको १० प्रतिशत आयोजना प्रभावित क्षेत्र षडानन्द नगरपालिकाका १ देखि ६ नं. वडा का स्थायी रुपमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि तथा तत्पश्चात् सर्वसाधारणमा जारी पूँजीको २० प्रतिशत अर्थात ८ लाख कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गरी कम्पनीको पूँजी पुर्याउने यसको मुख्य उद्देश्य रहेको छ । निष्काशनबाट आएको रकम आयोजनाको उर्जा वृद्धि तथा कर्जा भुक्तानीका लागि प्रयोग गरिने मुख्य उद्देश्य रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा ८२ लाख ९५ हजार संचित नाफा प्रक्षेपन

कम्पनीले गत आर्थिक वर्ष ८२ लाख ९५ हजार रुपैयाँ संचित नाफा हुने प्रक्षेपन गरेको छ । चालु आर्थिक वर्षको अन्यसम्म २ करोड ७१ लाख ८९ हजार संचित नाफा र आगामी आर्थिक वर्षमा ३ करोड २४ लाख ४४ हजार रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी ११ पैसा ४२ रहने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा वास्तविक प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ७ पैसा थियो । आगामी आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ११ पैसा र प्रतिशेयर आम्दानी १३ रुपैयाँ ११ पैसा रहने प्रक्षेपण रहेको छ ।

पूँजी संरचना कस्तो?

आईपीओ निष्काशन पछि यस कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ७० प्रतिशत आयोजना प्रभावित क्षेत्रका शेयरधनीहरुको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत कायम हुनेछ ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ७ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालक २ जना गरी ११ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा गेल्जे लामा रहेका छन् । त्यस्तै, कम्पनीका अन्य सञ्चालकहरुमा दीपक राई, केदार कार्की, डम्बर बहादुर कार्की, आङ दोर्जी लामा, गणेशमान सिंह कार्की, दावा जाङ्मू श्रेष्ठ लामा रहेका छन् ।

भावी योजना तथा रणनीति

कम्पनीको मूख्य भावी योजना अन्तर्गत हिउँदमा कम पानीको बहावबाट उत्पादन क्षमतामा हुन सक्ने कमिलाई ध्यानमा राखी चिरख्वा खोलाको पानी आयोजनाको हेडवर्कमा खसाली उत्पादन क्षमतालाई शतप्रतिशत सम्म जलविद्युत आयोजनाको उत्पादन वृद्धि गर्ने रहेको छ । सो कार्यका लागि सर्वसाधारणका लागि शेयर बाँडफाँट भएको मितिले १ आर्थिक वर्ष भित्र सम्पन्न हुने कार्य योजना रहेको छ ।
कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक सफल कम्पनीका रुपमा स्थापित हुने रहेको छ । नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने साथै, व्यवसायिक रुपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने भावी योजना रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
496SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?