National life

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ भोली बाँडफाँट हुँदै,सेयर पाउन हम्मे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ मंसिर २०८०, सोमबार
746Shares
भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ भोली बाँडफाँट हुँदै,सेयर पाउन हम्मे
ncell

काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ (भोलि) मङ्गलवार बाँडफाँड हुने भएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले मङ्सिर ५ गते बिहान आइपिओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीले कार्तिक १६ देखि कार्तिक २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको ।स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले निष्कासन गरेको आईपीओमा अन्तिम दिनसम्ममा ६.५४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
746SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?