National life

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ बाँडफाँट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
1.1kShares
मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ बाँडफाँट
ncell

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारीमा संलग्न नेपालीहरुका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ बाँडफाँट गरेको छ ।

कम्पनीका अनुसार यस निष्कासनमा ३१ हजार १९६ वटा आवेदन प्राप्त भएको थियो । जसमध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले रद्द भएको छ भने कुल ३१ हजार १९४ जना आवेदकहरुलाई योग्य मानेर सेयर बाँडफाँट गरिएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहीबार आईपीओ बाँडफाँट भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसअनुसार मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँट गरिएको छ । जसअनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन्।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई गत कात्तिक १० देखि कात्तिक २४ सम्म १ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले यसपछि आगामी मंसिर ८ गते शुक्रबारदेखि सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्कासन गर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?