National life

मोबाइल एपमार्फत विदेशबाट आईपीओ भर्दा समस्या

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ असार २०८०, मङ्गलबार
647Shares
मोबाइल एपमार्फत विदेशबाट आईपीओ भर्दा समस्या
ncell

काठमाडौं । नेपाल क्लियरिङ हाउस (सीडीएस) को सिस्टममा समस्या देखिएको छ । विदेशमा रहेका नेपालीहरुले सीडीएससीद्धारा सञ्चालित मेरो सेयर एपबाट आईपीओ भर्न खोज्दा समस्या आएको हो ।

हालैमात्र धितोपत्र बजारलाई थप परिस्कृत गर्दै वैदेशिक रोजगारीमा रहेकाहरुले समेत आईपीओ भर्न पाउनेगरी कूल निष्काशित सेयरको १० प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । तर यहीँ कोटा अन्तर्गत बाहिरबाट मोबाइल एप प्रयोग गरी कम्पनीहरुको आईपीओ भर्न खोज्दा समस्या आएको गुनासा आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खासगरी यस्तो समस्या गल्फ कन्टिहरुबाट आईपीओ भर्न खोज्दा बढी समस्या आएका छन् ।

हालै मात्र असार १ गतेदेखि आइएमई लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरिरहेको छ। यस भन्दा अगाडी पनि अन्य कम्पनीको आइपीओ भर्दा समस्या आउने गरेको गुनासो गरेका छन्।

‘कहिले काहीँ मोबाइलबाट आईपीओ भर्न खोज्दा समस्या आउँने गरेको छ । युजरहरुले मोबाइल एपमार्फत आईपीओको कारोबार गर्न खोज्दा केहीँ समस्या आएका छन् । हिजो मोबाइल एपमा पोटफोलियो अपडेट नभएको भन्ने गुनासा आएको थियो तर आईपीओ भर्दा नै समस्या आएको भन्ने सुुनिएको थिएन । के रहेछ हामी चेक गर्दैछौं’ सीडीएस एण्ड क्लियरिङ लि का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले बताए । यद्यपि मोबाइल एपमार्फत समस्या आए ब्राउजरमार्फत आईपी भर्न सकिने उनले जानकारी दिए ।

हिजो भने सिस्टम अपडेट गर्दैगर्दा समस्या आएको तर अहिले सो समस्या सुुल्झिसकेको सीईओ आचार्यले आर्थिक भ्याइसलाई बताए ।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?