National life

आजको बजारमा सर्वाधिक कारोबार भएका यी कम्पनी

कुल कारोबार रकम ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँ पुगेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
4.2kShares
आजको बजारमा सर्वाधिक कारोबार भएका यी कम्पनी
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक १.०४ अंकले घटेर २ हजार ५ सय ५७.३१ विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बजारमा आज १ करोड ६ लाख २६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १४६ वटाको सेयर मूल्य बढेको छ भने ११८ वटा कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। घोराही सिमेन्टको ८.१९ प्रतिशत, सोनापुर मिनरल्सको ५.०५ प्रतिशत, भगवती हाइड्रोपावरको ४.७२ प्रतिशत र पाल्पा सिमेन्टको सेयर मूल्य ४.५३ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरि, शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेपाल एसबीआई बैंकको १६ करोड ६६ लाख, चिलिमे हाइड्रोपावरको १६ करोड ७ लाख, आँखु खोला जलविद्युतको ११ करोड ६१ लाख, रिलायन्स स्पिनिङ मिल्स्को १० करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
4.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?