National life

मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
483Shares
मिड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ
ncell

बिजय फुयाँल

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको भोलि शुक्रवार (भदौ २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिर रोजगारिमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात, ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको हो । साथै, सर्वसाधारणका लागि निष्काशन गरेको शेयरको १० प्रतिशत अर्थात, ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कर्मचारीहरुका लागि १४ हजार ९६८ कित्ता र सामूहिक लगानी कोषका योजनाहरुका लागि ३७ हजार ४२० कित्ता शेयर बाँडफाँट गरिसकेको छ । सर्वसाधारणलाई बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्नेछ ।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले निष्काशन गरेको आईपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज ११ गतेसम्म लम्बिनेछ । यस आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सीडीएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

औषत जोखिम जनाउने रेटिङ्ग

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई (इक्राएनपी–आईआर) डबल बी प्लस प्रदान गरेको छ । इक्रा नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

इक्रा नेपालले कम्पनीलाई २०८० असार ३१ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८१ असार २९ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो ?

मिड सोलु हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन, २०६३ अन्तर्गत २०७८ असार १६ गते पब्लिक लिमिटेडमा दर्ता भई कारोबार सञ्चालक गर्दै आइरहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला का.म.न.पा वडा नं. ३१, नयाँ बानेश्वरमा रहेको छ।

कम्पनीको जलविद्युत उत्पादन केन्द्र सोलुखुम्बु जिल्ला साविक सल्लेरी गा.वि.स हालको सोलुदुधकुण्ड नगर पाकिकामा रहेको छ । कम्पनीले सोलु खोला आयोजनाबाट ९.५ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २०७७ साउन २२ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो ।

कम्पनीले निर्माण गरेको मध्ये सोलुखोला जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युत एक मुष्ठ नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मञ्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच २०७५ साउन २१ मा विद्युत खरीद बिक्री सम्झौता समेत सम्पन्न भैसकेको छ । साथै, उक्त सम्झौताको पहिलो संशोधन २०७५ माघ २५ गते भएको छ ।

सो आयोजना निर्माण सम्पन्न हुँदा लागेको वास्तविक लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार रुपैयाँ हुने अनुमान छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ९३ लाख हुनेछ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.९१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.८७ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्नका लागि आईपीओको रकम प्रयोग गर्ने उद्देश्य रहेको छ ।

कम्पनीको प्रबन्धपत्रमा जारी पूँजीको १० प्रतिशत शेयर अयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप १४ करोड ९६ लाख ८० हजार रुपैयाँ शेयर पूँजी अयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरु (कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई बिक्री वितरण गरी कम्पनीको जारी पूँजी ७४ करोड ८४ लाख पुर्याउने कम्पनीको भनाई छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन, बैकबाट लिईएको कर्जा भुक्तानी तथा कम्पनीबाट आयोजना निर्माणको लागि रकम संकलन गर्नका लागि आईपीओ निष्काशन गरेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा ९८ लाख ८८ हजार सञ्चित मुनाफा

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९८ लाख ८८ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्यसम्म ३ करोड २ लाख १५ हजार सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । त्यसैगरी, चालु आर्थिक वर्षमा कम्पनीले १२ करोड ७० लाख रुपैयाँ र आगामी आर्थिक वर्षमा २३ करोड ५८ लाख रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ९७ पैसा र प्रतिशेयर आम्दानी १२ रुपेयाँ ९४ पैसा रहने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ ।

आगामी आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ५२ पैसा र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५४ पैसा रहने प्रक्षेपण रहेको छ ।

पूँजी संरचना कस्तो?

हाल कम्पनीको अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी भने ५९ करोड ८७ लाख २० हजार रुपैयाँ रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि छुट्याइएको १४ लाख ९६ हजार ८०० कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापक शेयरधनीहरुको ८० प्रतिशत आयोजना प्रभावित क्षेत्रका शेयरधनीहरुको १० प्रतिशत र सर्वसाधारणको १० प्रतिशत कायम हुनेछ ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ७ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।

सञ्चालक समितिको गठन कम्पनी ऐन २०६३ को दफा ८६ को उपदफा (२) र कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार गरिएको छ । सञ्चालकहरुको कार्यकाल बढीमा ४ वर्षको हुनेछ । कम्पनीको नियमावलीको नियम २८ मा व्यवस्था भए अनुसार सञ्चालक समितिमा नियुक्त हुन ‘क’ समूहका शेयरधनीबाट सञ्चालक समितिमा नियुक्त हुन कम्तीमा १० हजार कित्ता शेयर लिएको हुनपर्छ । ‘ख’ समूहबार १०० कित्ता सशेयर लिएको हुनु पर्नेछ । तर, संगठित संस्थाको प्रतिनिधित्व गर्ने सञ्चालक तथा स्वतन्त्र सञ्चालकको हकमा यो व्यवस्था लागू हुने छैन ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा भीम बहादुर पाल रहेका छन् । त्यस्तै, कम्पनीका अन्य सञ्चालकहरुमा रमेश राज गौतम, दिपक राज जोशी र प्रकृति गौतम रहेका छन् ।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ । त्यसैगरी, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सोलाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई दशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने कम्पनीको उद्देश्य रहेको छ।

कम्पनीको प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने योजना रहेको छ । साथै, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी जलविद्युत आयोजनाहरु निर्माण गर्ने लक्ष्य रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?