National life
cg eloctronics

इन्ड्राइभले काठमाडौंमा खोल्यो आधिकारिक कार्यालय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
592Shares
इन्ड्राइभले काठमाडौंमा खोल्यो आधिकारिक कार्यालय
ncell

काठमाडौं । अन्तर्राष्ट्रिय राइड-हेलिङ प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालयको उद्घाटन गरेको छ। कम्पनीले गत शुक्रबार उक्त कार्यालयको उद्घाटन गरेको हो । कार्यालयको उद्घाटनले चालकहरूसँगको समन्वय, सेवा गुणस्तर सुधार र स्थानीय कार्यक्रमहरू सञ्चालनमा सहायता गर्ने उद्देश्य राखेको इन्ड्राइभले जनाएको छ।

इन्ड्राइभका एशिया–प्रशान्त क्षेत्रीय निर्देशक मार्क टोलीले चालकहरूका लागि सेवा पहुँच सहज बनाउने उद्देश्यले कार्यालय स्थापना गरिएको बताए । “यो कार्यालयले एउटा सपोर्ट सेन्टरको रूपमा काम गर्नेछ । यहाँ चालकहरूले आवश्यक जानकारी, प्रशिक्षण र सहयोग पाउनेछन्,” टोलीले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इन्ड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले नेपाल कम्पनीको प्राथमिक बजारमध्ये एक रहेको जनाउँदै स्थानीय चालक समुदायसँगको सम्बन्धलाई अझ सशक्त बनाउने उद्देश्यले कार्यालय स्थापना गरिएको बताइन् ।

इन्ड्राइभ सन् २०१२ मा सुरु भएको कम्पनी हो । यसले विभिन्न देशहरूमा 'पियर टु पियर प्राइसिङ' मोडलमार्फत सेवा प्रदान गर्दै आएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?