National life
cg eloctronics

क्लासिक टेकले ल्यायो डिलर पार्टनर कार्यक्रम, शून्य लगानीमै आम्दानीको अवसर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
695Shares
क्लासिक टेकले ल्यायो डिलर पार्टनर कार्यक्रम, शून्य लगानीमै आम्दानीको अवसर
ncell

काठमाडौँ । क्लासिक टेकले डिलर पार्टनर कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रममार्फत मोबाइल एप प्रयोग गरेर इन्टरनेट तथा टिभी सेवा सिफारिस गर्न सकिने र शून्य लगानीमा आम्दानीको अवसर उपलब्ध हुने कम्पनीले जनाएको छ।

डिलर पार्टनर बन्न इच्छुक व्यक्तिले गूगल प्ले स्टोर वा एप स्टोरबाट डिलर पार्टनर एप डाउनलोड गरी दर्ता प्रक्रियामा सहभागी भई केवाइसी फारम प्रमाणीकरण गर्नुपर्नेछ । त्यसपछि एपमार्फत सिफारिस गरिएका ग्राहकहरूका सेवा जडान सफल भएपछि प्रति जडान अधिकतम १ हजार ४०० रुपैयाँसम्मको आम्दानी गर्न सकिने व्यवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस कार्यक्रममा आबद्ध भएर मासिक २० हजार रुपैयाँसम्म कमाउन सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार मासिक रूपमा करकट्टी भएपछि कमिसन वितरण गरिनेछ । यो कमिसन ग्राहकबाट पूर्ण भुक्तानी प्राप्त भएपछि मात्र सम्भव हुने शर्त उसले राखेको छ ।

डिलर पार्टनर कार्यक्रम स्थानीय व्यवसायी, सामाजिक पहुँच भएका व्यक्ति वा अतिरिक्त आम्दानी खोज्ने व्यक्तिहरूका लागि लक्षित गरिएको उसले जनाएको छ। क्लासिक टेकले गरेको दाबी अनुसार एप प्रयोग सहज भएको र सामान्य प्रयोगकर्ताले ३ चरणमै सिफारिस प्रक्रिया पूरा गर्न सक्नेछन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?