National life
cg eloctronics

नेपाली डोमेन सार्वजनिक गर्दै यूए ह्याकाथन नेपाल २०२५ सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
617Shares
नेपाली डोमेन सार्वजनिक गर्दै यूए ह्याकाथन नेपाल २०२५ सम्पन्न
ncell

काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट क्यान.संगठन सार्वजनिक गर्दै यूए ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ। कार्यक्रमले नेपाली भाषामा डोमेन र ईमेल प्रयोगको औपचारिक सुरुवात गर्दै डिजिटल समावेशिता र भाषिक विविधताको प्रवर्द्धनतर्फ ऐतिहासिक पाइला चालेको आयोजकले जनाएका छन्।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र इन्टरनेट नाम र नम्बरहरूका लागि जिम्मेवार अन्तर्राष्ट्रिय संस्था आईक्यानको सहकार्यमा आयोजना गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा सार्वजनिक गरिएको "क्यान.संगठन" वेबसाइट नेपाली भाषामा डोमेन नामको औपचारिक प्रयोगको थालनी भएको बताइएको छ। यसले सरकार तथा सार्वजनिक सेवाहरूमा नेपाली भाषाको प्रयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेन प्रयोगको थालनीले भाषा, पहिचान र पहुँचको संरक्षणमा टेवा पुर्‍याउने र डिजिटल नेपाल निर्माणमा योगदान दिने बताइन्। उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा रहेको र साइबर सुरक्षा विधेयक संसदमा पेश हुने तयारी भइरहेको जानकारी दिइन्।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजी भाषामा दक्ष नभएका करिब ७० प्रतिशत नेपाली अझै इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन र इमेल ठेगाना उपलब्ध गराउनु अत्यावश्यक भएको बताए।

युनेस्को नेपाल प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्सको अवधारणा युनेस्कोको बहुभाषिक सिफारिससँग मेल खाने भएकाले नेपालमा यसको कार्यान्वयनका लागि संस्था तयार रहेको प्रतिक्रिया दिए।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्वपूर्ण उपलब्धि भन्दै अघिल्लो दशकमा गरिएको नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माणजस्ता प्रयासहरूको स्मरण गरिन्।

कार्यक्रममा नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता सुनिश्चित हुने बताए। उनले ।लउ डोमेनलाई नेपाली भाषामै ल्याउने आवश्यकता औंल्याए।

युए ह्याकाथन नेपालका टिम लिड विवेक सिलवालले आफूहरूको हाम्रो उद्देश्य जनमानसमा वेबसाइटको सामग्री मात्र होइन त्यसमा पुग्न प्रयोग हुने डोमेन र किवर्डहरू पनि नेपाली भाषामै सम्भव छन् भन्ने सन्देश लैजानु रहेको बताए ।

कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्रमा करिब १०० सहभागीहरू (नीति निर्माता, प्राविधिक, सरोकारवाला) फिजिकली सहभागी थिए भने ५० जना अनलाइन सहभागी भएका थिए। कार्यक्रम क्यान महासंघको वेबसाइटमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो।

nic asia capital

दोस्रो सत्रको रूपमा युए ह्याकाथन सत्र सञ्चालन गरिएको थियो । त्यसमा करिब ४० जना युवाहरू सहभागी भएका थिए। उनीहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण तथा युएरेडी प्रणालीबारे अभ्यास गरेका थिए।

कार्यक्रम समन्वयक तथा क्यान महासंघका प्रबन्धक उदिप बरालले कार्यक्रममा सन्तोषजनक सहभागिता र उपलब्धि हासिल भएको उल्लेख गर्दै यस्ता प्रयासले डिजिटल समावेशितातर्फ सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रम सूचना प्रविधि विभाग, युनेस्को, एपीएनआईसी, नेपाल इन्टरनेट एक्सचेन्ज, वर्ल्डलिंक कम्युनिकेसन्स, माभोरियन सिस्टम, हिकोल कलेज र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्यमा सम्पन्न भएको हो।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले नेपाली भाषामा डोमेनयुक्त वेबसाइट सार्वजनिक हुनु केवल प्रविधिमा प्रगति नभई मातृभाषालाई डिजिटल पहिचान दिने साहसी कदम पनि भएको उल्लेख गरे ।

क्यान महासंघका अनुसार भविष्यमा सरकारी तथा निजी वेबसाइटहरू नेपाली भाषामै उपलब्ध हुने सम्भावना बलियो बनिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?