National life

अन्तिम दिनसम्म हाथवे इन्भेष्टमेन्टको आईपीओमा कति पर्याे आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ भदौ २०८०, सोमबार
550Shares
अन्तिम दिनसम्म हाथवे इन्भेष्टमेन्टको आईपीओमा कति पर्याे आवेदन ?
ncell

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्म एक अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपैयाँको आवेदन परेको छ ।

सिडिएस एण्ढ क्लियरिङका अनुसार आज साझ ५ः७ मिनेटसम्म कुल १३ लाख २४ हजार ४११ जनाबाट तीन करोड १२ लाख ५६ हजार कित्ता शेयर बराबर एक अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपैयाँको आवेदन परेको हाे ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?